सदनलाई धवलशमशेर पक्राउको सूचना, सडकमा राप्रपाको प्रदर्शन

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १५:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले संसद्‍लाई दिएका छन् ।

सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा बाचन गरेका हुन् । संसदमा जबरा पक्राउको सूचना पुगेपनि उनलाई छाड्न माग गर्दै राप्रपाले प्रदर्शन गरिरहेको छ । शुक्रबार तीनकुनेमा भएको अपराधीक प्रदर्शनपछि प्रहरीले राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र जबरासहित ४१ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । आफ्ना नेता पक्राउको विरोधमा राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

संसदमा सभामुखले बाचन गरेको सूचनामा दुर्गा प्रसाईंसमेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा जबरा पक्राउ परेको उल्लेख छ । जबरा १५ चैतमा पक्राउ परेका थिए ।

राप्रपाको संलग्नता समेतमा १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा संसद् भवन लगायत महत्त्वपूर्ण प्रतिष्ठानहरू कब्जा गर्न जानुपर्छ भन्दै जबराले भीडलाई उत्तेजित बनाएका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्ट्याउने भनेर आपराधिक बलको प्रयोग गरेको, हुलहुज्जत गरेको, प्रहरीसँग मुडभेड गरेको र निषेधित क्षेत्र तोड्न उत्प्रेरित गरेको आरोप जबरामाथि छ ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो । सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्‍लाई जानकारी दिनुपर्छ । सोही अनुसार सभामुखले सोमबार जबरा पक्राउ परेको सूचना सभालाई गराएका हुन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.