पार्टी जिम्मेवारीमा फर्किएपछि रविले भने,‘म लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने मान्छे होइन’

Share this
823shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १६:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपालाई गणतन्त्रवादी होइनौ भन्दै हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन् । सहकारी ठगीको मुद्दा लागेपछि पार्टीको जिम्मेवारीबाट अलग भएका लामिछानेले सोमबार जिम्मेवारीमा फर्कदै यस्तो बताएका हुन् । उनले रास्वपा गणतन्त्र पक्षधर रहेको दाबी गरे । उनले आफू लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने व्यक्ति नभएकाे बताए ।

‘लुटतन्त्रलाई प्रश्रय दिनका लागि लोकतन्त्रवादी होइनौ कि, गणतन्त्रवादी होइनौ कि भनेर भनेर हिलो छ्याप्ने जुन प्रयास गरिरहनुभएको छ,’ पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले भने,‘जहाँ तपाईं उभिनु भएको छ, त्यो गणतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नुभएको छ, लोकतन्त्रको खोल ओढ्नुभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ ।’

रास्वपा परिवर्तन र जनताको पक्षमा रहेको उनले बताए । आफूहरू हिंसा र लुटपाटको विरोधमा रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.