राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई तीनकुने घटनाबारे सोध्ने

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १५:४८

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी माग्न गृहमन्त्री रमेश लेखकलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले तीनकुने घटनाबारे जानकारी लिन पर्सि २२ गते ११ बजे गृहमन्त्री लेखकलाई बोलाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

आजको बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको हिंसात्मक घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्नुपर्ने बताएका थिए । सांसदहरूले घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाउनुपर्ने माग गरेका थिए ।

राजतन्त्र पक्षधरको प्रदर्शनका नाममा हिंसा तथा तोडफोड, लुटपाट र आगजनीका घटना भएका थिए । एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.