कोशी प्रदेश पर्यटन वर्ष २०८२ को नारा, लोगो र मस्कट सार्वजनिक

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार २०:०७

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष मनाइने ‘कोशी पर्यटन वर्ष २०८२’को मुख्य नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ।बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मस्कट र लागाे सार्वजनिक गरेका हुन् ।

‘रमणीय कोशी’ मूल नारा र ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ ।

पर्यटन वर्षको आयोजनाको औपचारिक उद्घाटन आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

प्रदेश सरकारले पर्यटन वर्षका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सार्वजनिक लोगोमा नेपाली राष्ट्रिय झण्डाको आकारभित्र विश्वमा कोशी टप्पुमा मात्र पाइने अर्ना, सगरमाथा, पहाड, तराई, कोशी नदी र प्राकृतिक सम्पदा झल्काउने प्रतीकहरू समावेश गरिएको छ।

मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन वर्षको मस्कट कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेलाई बनाइएको छ ।

के के हुन्छन् पर्यटन वर्षमा ?
-भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना

-५०० पर्यटन स्वयंसेवक परिचालन गर्ने ।

–  नेपाल तथा भारतीय शहरमा पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन गर्ने ।

कति छन गन्तब्य ?

प्रमुख पर्यटकीय गन्तव्य : १४ वटा
विकास गर्नुपर्ने नयाँ पर्यटकीय क्षेत्र : १६ वटा

कति छन् होटल ?

तारे स्तरका होटल : १२ वटा
पर्यटनस्तरका होटल: ३६ वटा
होमस्टे : १०५ वटा र अन्य साना पर्याप्त छन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.