
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा नयाँ जेनेरेटर सञ्चालन गर्दा अत्याधिक धुवाँ निस्किएपछि आगलागीको हल्ला चलेको छ । अस्पतालकाे ल्याब परिसरमा अत्याधिक धुवाँ देखिएपछि स्थानीय र सेवाग्राहीले प्रहरीलाई आगलागी भएकाे खबर गरेका थिए ।
बिहीबार दिउँसो नोबेल मेडिकल कलेजको ल्याबमा आगलागीको हल्ला चलेपछि बिरामी त्रसित भएका थिए । तर आगलागी नभएको प्रहरीले बताएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार जेनेरेटर सुचारु गर्दा अत्याधिक धुवाँ निस्किएकाे थियाे । ‘आगलागीको सूचनाहरु आए, तर होइन रहेछ जेनेरेटर सञ्चालन गर्दा निस्किएको धुवाँका कारण आगलागीको भएजस्तो देखिएछ,’ उनले भने,‘ आगो लागेको होइन ।’

























