बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट मनमायाको मृत्यु

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार ०८:०२

विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहामा मोटरसाइकलको ठक्करबाट बिहीबार साँझ १ जना वृद्धा महिलाको मृत्यु भएको छ ।

पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५३०९ नम्बरको मोटरसाइकलले साँझ ६ः४० बजेतिर दुर्घटना गराएको हो । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट बाटो क्रस गर्दै गरेकी बराहक्षेत्र–३ की ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी गिरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा राति १०ः१८ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनालगत्तै मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–५ का ३३ वर्षीय अनिल विकलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.