पाँचथरको आगलागीमा परी २ जनाको मृत्यु

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार १९:३४
प्रतीकात्मक तस्बिर

विराटनगर । पाँचथरमा भएको आगलागीमा परी मृत्यु हुनेकाे संख्या २ पुगेकाे  छ । बिहीबार छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी २ महिलाको मृत्यु भएको हो । ३ जना घाइते छन् ।

प्रहरीका अनुसार फिदिम– १३ जौवारीस्थित जंगलमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राई नेम्वाङको शुक्रबार मृत्यु भएको हो ।

नेम्वाङलाई एम्बुलेन्समार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

बिहीबार कुम्मायक गाउँपालिका–३ को निजी वनमा आगलागी हुँदा स्थानीय २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको थियो ।

कुम्मायक गाउँपालिकाको निजी जंगलमा बिहीबार दिउँसो आगो लागेको थियो । कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा सल्किएको डढेलोमा घाँस दाउरा गर्न गएकी प्रतिमासहित २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे परेका थिए ।

सपना, शिवाना र निरमायाकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.