सोलुखुम्बुमा बोलेरो दुर्घटना : महिलाको मृत्यु, नाबालक छोरा घाइते

Share this
813shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार ०७:४०
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ जुकेमा बोलेरो गाडी दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । मृतकका नाबालक छोरा घाइते भएका छन् ।

सोताङबाट जुकेको लागि छुटेको प्र ३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो आइतबार साँझ ५ः१५ बजेतिर दुर्घटनामा परेको हो । जुकेस्थित भित्री कच्ची सडक खण्डमा रोकेर सामान झार्ने क्रममा उक्त बोलेरो चिप्लिएर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बोलेरोमा सवार सोताङ –५ की अन्दाजी ३२ वर्षीया सरिता राईको मृत्यु भएको हो । दुर्घटनापछि उनी सडकबाट करिब सय मिटर तल भिरमा अड्किएकी थिइन् । गम्भीर घाइते राईलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो । उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृतकका १८ महिने छोरा रेवन राई सामान्य घाइते भएका छन् । उपचार जारी रहेका नाबालकको अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । बोलेरोमा सवार रहेका ४ मध्ये २ जना सकुशल छन् ।

बोलेरो र चालक ४३ वर्षीय प्रेम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कच्ची सडकको ओरालो र जोखिमपूर्ण भूबनोटका कारण चिप्लिएर बोलेरो दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.