
काठमाडौँ । युद्धग्रस्त मुलुक युक्रेनको सीमा सुरक्षा गार्डले दुई जना नेपालीलाई पक्राउ गरेको छ । बाग्लुङका सन्देश केशी र महोत्तरीका जयप्रकास शाह पक्राउ परेका हुन् ।
भारतीय दलाल मार्फत् पोल्याण्ड प्रवेश गर्नका लागि उनीहरू युक्रेन फुगेका थिए । युक्रेन मामिला हेर्ने जर्मनस्थित नेपाली दुतावासले केशी र शाह पक्राउ भएको पुष्टि गरेको छ ।
दुतावासका उपप्रमुख सागर फुयाँलले उनीहरू एक हप्ता अगाडि पक्राउ परेको जनाएका छन् । दुवैलाई जतिसक्दो छिटो नेपाल पठाउनको लागि दूतावासले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।
केशी र शाह युक्रेनसँग सीमा जोडिएको देश मोल्डोभाबाट सडक मार्ग हुँदै युक्रेनको राजधानी किभ पुगेका थिए । त्यहाँबाट सडक मार्ग हुँदै पोल्याण्ड छिर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

























