एम्नेष्टिद्वारा तीनकुने घटनाको न्यायिक छानबिन माग

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार १५:३७

काठमाडौँ । एम्नेष्टि इन्टरनेशनल नेपालले काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनाको अविलम्ब न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै एम्नेष्टिले तीनकुनेमा प्रहरीबाट अत्याधिक बल प्रयोग भएको भन्दै आगामी दिनमा त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न आह्वान गरेको हो ।

प्रहरीले तीनकुनेमा अत्याधिक बल प्रयोग गर्नुपर्ने अवस्था थियो भनेर विश्वास गर्न नसकिने एम्नेष्टिको ठहर छ । ‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग आवश्यक र समानुपातिक थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन,’ एम्नेष्टिले भनेको छ ।’

उक्त दिनको घटनामा भएको बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको एम्नेष्टिको भनाइ छ ।

प्रहरीले ५८ राउण्ड मात्रै गोली चलाएको दाबी गरे पनि एक सयभन्दा बढी राउण्ड गोली चलेको समाचार सार्वजनिक भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले तीनकुनेमा ५८ राउण्ड गोली चलेको, गोली लागेर २० घाइते भएको, सविन महर्जनको गोली लागेर मृत्यु भएको, ७४६ सेल अश्रुग्यास प्रहार भएको दाबी गरेको छ ।

प्रहरीकै गोप्य प्रतिवेदनमा ११० राउन्ड गोली प्रहार गरेको, गोली प्रहार गर्न अर्धस्वचालित हतियार (एसएलआर) समेत प्रयोग गरिएको, रबर बुलेट २०१ राउन्ड प्रहार गरिएको, नेपाल प्रहरीले ८६४ राउन्ड र सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास प्रहार गरेको समाचार प्रकाशित भएको भन्दै न्यायिक छानबिन गर्न एम्नेष्टिले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.