मोरङको केराबारीबाट सिकारी समूहका २ जना पक्राउ, ३ नाल बन्दुक बरामद

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार ०६:४३
फायल तस्बिर

विराटनगर । वन्यजन्तुको चोरीसिकारीमा संलग्न समूहका २ जनालाई प्रहरीले मोरङको केराबारीबाट पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६ः५० बजेतिर पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् ।

याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट ३ नाल अवैध भरुवा बन्दुक बरामद भएको जानकारी डीएसपी जोशीले दिए ।

उनका अनुसार तीनवटै बन्दुक लोड गरिएको अवस्थामा थिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको डीएसपी जोशीको भनाइ छ । चोरीसिकारीमा संलग्न शंकास्पद व्यक्तिहरु देखिएमा प्रहरीलाई गोप्य रूपमा सूचना दिएर सहयोग गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.