
विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।
कलेजको १६ औँ ब्याचका विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमका बीच कलेजले बिदाइ गरेको हो । कलेजमा होटेल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायका ५ सय ७० जना विद्यार्थी बिदाइ भएका छन् ।
बिदाइ कार्यक्रममा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको थियो । कलेज स्थापनादेखि हालसम्म अध्यापन गराउँदै आएको शिक्षक अजित झा र विष्णु तिवारी नगदसहित सम्मानित भए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, कलेज व्यवस्थापन समितिका अध्यक्ष अमित ढकाल, हिसान कोसी प्रदेश सचिव दीपेश बास्तोला र कलेजका प्रिन्सिपल सिएम श्रेष्ठलगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
कलेजबाट बिदाइ हुने शर्मिष्ठा लुइँटेल र अंशु बास्तोलाले आफ्ना अनुभव सुनाउनुका साथै अन्य विद्यार्थीले मनोरञ्जनका विभिन्न प्रस्तुति गरेका थिए ।

























