भोजपुरमा ट्याक्टर दुर्घटना : जनप्रतिनिधिसहित २ जनाको मृत्यु, २ जना घाइते

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार ०६:४६

विराटनगर । भोजपुरमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा जनप्रतिनिधिसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–३ सेतीबगरमा राति १०ः३० बजेतिर दुर्घटना भएको भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गोबर मल लोड गरेर बोखिमबाट छिनामखुतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा भोजपुर नगरपालिका–५ का वडा सदस्य अन्दाजी ५२ वर्षीय नीरप्रसाद फुयाँल र भोजपुर–५ कै अन्दाजी ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको डीएसपी तिमिल्सिनाले बताए । दुर्घटना भएका समयमा ट्याक्टरमै सवार रहेका दुवै जनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

दुर्घटनामा परेर ट्याक्टरका चालक सुनसरीको धरान उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल बोहोरा र सहचालक संखुवासभाको सभापोखरी गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएको जानकारी तिमिल्सिनाले दिए । उनका अनुसार सामान्य अवस्थाका दुवै जनाको भोजपुर अस्पतालमै उपचार भइरहेको छ ।

ट्याक्टर घटनास्थलमै छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ । घुमाउरो बाटोमा ‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । डीएसपी तिमिल्सिनाले घटनाको थप अनुसन्धान भइरहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.