गभर्नर नियुक्तिमा सर्वोच्चको आदेश : ‘उमेर हद हटाउने मापदण्ड तत्काललाई कार्यान्वयन नगर्नू’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १८:१०

काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेर हद हटाउनलाई गरिएको मापदण्ड संशोधन तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

सर्वोच्च अदालतले उक्त मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशसँगै मापदण्ड तत्काललाई कार्यान्वयनमा नजाने भएको छ ।

अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले उमेर हद कायम राख्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै चैत १८ गते पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो । पदाधिकारी र सदस्य नियुक्तिमा ३० देखि ६५ वर्षको उमेर हदको व्यवस्था कार्यान्वयनमा छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.