विश्व सम्पदा दिवस आज मनाइँदै, काठमाडौंमा पदयात्रा गरिँदै

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार ०७:१८

काठमाडौं । विश्व सम्पदा दिवस आज (शुक्रबार) परेको छ । प्रत्येक वर्ष अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा सूचीमा नेपालको पशुपतिनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्ध, स्वयम्भू, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । पुरातत्व विभागका अनुसार दिवसको अवसरमा काठमाडौंमा शुक्रबार बिहान सम्पदा पदयात्रा गर्न लागिएको छ ।

पुरातत्व विभागसहित काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा संघ तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा पदयात्रा गर्न लागिएको हो ।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा पुगेर समापन हुने जानकारी खनालले दिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.