सुन्दरहरैँचामा आगलागी हुँदा घर जल्यो, वृद्धा घाइते

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार ०८:१२
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सृजना टोलको एउटा घरमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परेर घरधनी वृद्धा घाइते भएकी छन् ।

आगोले जलेर स्थानीय ८० वर्षीया तुलामाया गुरुङ घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार वृद्धाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गुरुङको इँटाको गारो र जस्तापाताको छानो भएको १ तले पक्की घरमा राति ११ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी सुरु भए पनि तत्काल बाहिर निस्किन नसक्दा उनी घाइते भएकी हुन् । आगोले घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात, फर्निचरका सामान सबै जलेर ध्वस्त भएको डीएसपी जोशीले बताए ।

उनका अनुसार आगलागीको कारण खुलेको छैन । यद्यपि, विद्युट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धानपछि आगलागीको कारण पत्ता लाग्ने जोशीले जनाए ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा करिब १ घण्टापछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा चौपाया क्षति भने भएन ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.