खोटाङमा गाउँपालिकाका कर्मचारी मृत भेटिए

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार १३:३९

खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकाका कर्मचारी आज (सोमबार) मृत भेटिएका छन् । रावाबेसी–१ कुभिण्डे घर भएका ५७ वर्षीय महेश रेग्मी मृत फेला परेको प्रहरीले जनाएको छ ।

रेग्मी गाउँपालिकाका कार्यालय सहयोगी हुन् । घरनजिकै रहेको बारीको भित्तामा उनको शव फेला परेको थियो । वडाध्यक्ष गेहेन्द्रमान राईका अनुसार रेग्मी गोरेटो बाटोबाट करिब ८–९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएका थिए ।

गोरेटो बाटोबाट लडेर रेग्मीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सुशान्त मिश्रले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङमा कार्यरत रेग्मीको समायोजनका क्रममा रावाबेसी गाउँपालिकामा समायोजन भएको हो । मृतक रेग्मीले १ वर्ष ४ महिनापछि अनिवार्य अवकाश पाउँदै थिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.