खुम्बु क्षेत्र पर्यटकले भरिभराउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार ०६:३६

सोलुखुम्बु । सगरमाथाको खुम्बु क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको छ । पर्यटकमा विदेशी बढी छन् ।

खुम्बु क्षेत्रमा एकै दिन सोमबार ६ सय ९४ जना पर्यटक पुगेका छन् । जसमध्ये ६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

कार्यालयका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ हुँदा चहलपहल पनि बढेको छ । होटलहरु भरिभराउ छन् । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र १ सय ५१ नेपाली रहेको जानकारी दिए ।

वसन्तयाममा खुम्बु क्षेत्रमा पुग्दा संख्या धेरै भएर पर्यटकले बास नपाउने अवस्थासमेत बनेको छ । होटलहरु पहिले नै ‘बुक’ हुन थालेका छन् ।

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको संख्या बढेको बताए । आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रहेको उनको भनाइ छ ।

तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान बढाइएको जानकारी दिए । पर्यटकको संख्या बढेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको र स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसरसमेत वृद्धि हुन थालेको टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको भनाइ छ । उनका अनुसार अहिले लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् ।

खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै राजस्व संकलन वृद्धि हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको भनाइ छ ।

उनका अनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार ५ सय र अन्य मुलुकका नागरिकलाई ३ हजार रूपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । नेपालीसँग प्रतिव्यक्ति १ सय रूपैयाँ लिने गरिएको छ ।

उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएको रानाले बताइन् । अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.