एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा हुने

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार ०७:०२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको तयारी थालिएको छ ।

एनआरएनए उच्चस्स्तरीय समितिले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख २० देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने जानकारी दिएको छ । समितिका संयोजक डा. शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको संघलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधानको प्रयत्न गरिने जानकारी दिए ।

विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुन लागेको उनको भनाइ छ । निष्पक्षताका लागि महाधिवेशन गरेर नयाँ ढंगले एनआरएनएलाई अघि बढाइने घलेको भनाइ छ ।

महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिता गराइने छ । निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको उनले बताए ।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्यसचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको बताइन् ।

हालसम्म ६३ हजारभन्दा बढी सदस्य बनिसकेको उनको भनाइ छ । एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म २ हजार ५ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । आवेदनको समय मंगलबारसम्म तोकिएको छ ।

थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको उल्लेख गरिन् । यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्नेदेखि अन्य सामाजिक कल्याणकारी काम गरिएको उनको भनाइ छ ।

संघले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा एकता महाधिवेशन सफल बनाउन आह्वान गरेको छ ।

सदस्यसचिव थापाले एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको बताइन् । हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । बैठकमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.