
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भट्टराईलाई आफैले शिक्षामन्त्री बनाएको भन्दै आफूले असहयोग नगरेको प्रष्टीकरण दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकाको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘उहाँलाई मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’

























