
कमाठमाडौँ । काभ्रे बहुमुखी क्याम्पसले सूचना लुकाएको भन्दै परेको पुनरावेदनमा राष्ट्रिय सूचना आयोगले कारण र प्रमाणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थी मिलनकुमार गौतमले २०८१ फागुन ५ गते सार्वजनिक सूचना ऐन, २०६४ को दफा ३ बमोजिम क्याम्पससँग विभिन्न प्रशासनिक, शैक्षिक, आर्थिक तथा कानुनी पक्षसँग सम्बन्धित विस्तृत सूचनाहरू माग गरेका थिए ।
समयावधि बित्दा कुनै सूचना नदिई फागुन १५ गते सूचना माग अस्वीकृत गर्दै दरपीठ गरिएको थियो । सूचना नदिने क्याम्पस प्रशासनविरुद्ध गौतमले २०८१ फागुन १२ गते आयोगमा पुनरावेदन दर्ता गरेका थिए ।
उक्त पुनरावेदनको सुनुवाइ गर्दै प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सूचना आयुक्त दुर्गा भण्डारी पौडेलको संयुक्त इजलासले वैशाख ४ गते आदेश जारी गर्दै क्याम्पस प्रशासनलाई सात दिनभित्र सूचना नदिएको आधार, कारण र प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
उक्त आदेशअनुसार वैशाख आइतबार क्याम्पस प्रमुखलाई पत्र पठाइएको छ । आदेशमा विभिन्न अभिलेख र सूचना उपलब्ध गराउन पनि माग गरिएको छ ।

























