इटहरी र षडानन्दमा दुर्घटना : बालकसहित २ जनाको मृत्यु

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार ०७:५५

विराटनगर । सुनसरीको इटहरी र भोजपुरको षडानन्दमा दुर्घटना हुँदा बालकसहित २ जनाको मृत्यु भएको छ । इटहरीमा ईभी स्कुटर र षडानन्दमा ट्याक्टर दुर्घटना भएको हो ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१० मा नम्बर नभएको ईभी स्कुटर डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इहटरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कुटर आफैं अनियन्त्रित भएर मंगलबार साँझ ७ः४० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ईभी स्कुटरका चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका चालकलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

अन्दाजी ३० वर्षीय मृतकको पहिचान खुलेको छैन । पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१४ मा को २ त ८६९७ नम्बरको ट्याक्टरले किचेर ८ वर्षीय बालकको मृत्यु भएको छ । सडकको छेउमा पार्किङ गरेर चालक खाना खान गएका बेला बालकले खेल्ने क्रममा मंगलबार दिउँसो १ः३५ बजेतिर ट्याक्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बालकले खेल्ने क्रममा अगाडि बढेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियो । ट्याक्टरले किचेर षडानन्द–१२ का विकाश कार्कीका छोरा ८ वर्षीय सौगात कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराई फरार बनेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । चालकको लापरबाहीले ट्याक्टर दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.