
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ समय तालिका सार्वजनिक गरेको छ ।
वैशाख ११ गतेदेखि परीक्षा हुने मिति तय भए पनि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा सार्न निर्देशन दिएपछि ११ गतेदेखिको परीक्षा स्थगित गरेर नयाँ मिति सार्वजनिक भएको छ ।
बुधबार बोर्डले सूचना जारी गर्दै कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने जनाएको छ ।



























