
काठमाडौं । देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आज (बिहीबार) बिहान आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ ।

























