
रुपन्देही । भारतको जाम्मू–काश्मीरमा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बुटवलस्थित घरमा पुर्याइएको हो ।
गत मंगलबारको आंतकवादी हमलामा उनको मृत्यु भएको थियो । सुदीप आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मीर गएका थिए । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै हमला गरे ।
त्यही हमलामा सुदीपको ज्यान गएको हो । सुदीपको पार्थीव शरीर आज (बिहीबार) बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगरस्थित घरमा पुर्याइएको छ ।
पारिवारिक स्रोतका अनुसार शवको आजै अन्त्येष्टि गर्ने तयारी छ । त्रिवेणी घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शव पुर्याएपछि सुदीपको घरमा अहिले आफन्तहरु जम्मा भएका छन् । भेला भएकाहरुबीच रुवाबासी चलिरहेको छ ।

























