राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १८:३९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार सम्पन्न भएको छ ।  कमल थापाको अध्यक्षतामा बसेको बैठकले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

संविधानको प्रस्तावना लगायत संविधानको धारा २७४ विपरीत जनताको सार्वभौम अधिकार र निर्णायकत्व कुण्ठित गर्ने गरी सरकारले विद्यमान फौजदारी कानुनमा संशोधन गर्न लागेको प्रति राप्रपा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनताको नैसर्गिक अधिकार, संवैधानिक हक तथा निर्णायकत्वको रक्षाका निम्ती सशक्त आवाज उठाउन र भ्रष्ट सरकारको तानाशाही अभिष्ट पुरा हुन नदिन लोकतन्त्रवादी दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र आम संचारमाध्यमलाई राप्रपा नेपालले आह्वान समेत गरेको छ ।

बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको बिशाल जनप्रदर्शनबाट धैर्य, संयमता गुमाएर विचलित भएको वर्तमान सरकारले जनताको आवाज र अधिकारलाई कुण्ठित गर्ने गरी धवल शम्शेर राणा, रविन्द्र मिश्र, दुर्गा प्रसाई, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, सन्तोष सिलवाल, आशिष तामाङ, मनोज सापकोटा, लगायत पचासौं व्यक्तिहरूलाई आस्थाको बन्दी वनाई थुनामा राखेको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.