अराजकता चाहनेहरूले समाजअस्थिर बनाउन खोजिरहेका छन् : एमाले

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १४:२१

काठमाडौं । नेकपा (एमाले)ले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ ।

आज (शुक्रबार) बाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गरिने बताए ।

‘अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेका छन्,’ विष्टले भने, ‘उनीहरूलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिन्छ । सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्छ ।’

विष्टले उत्पन्न भएका अनेक सङ्कटहरूको समाधान लोकतान्त्रिक व्यवस्थाबाटै समाधान गर्नुपर्ने बताए । गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक कार्यक्रमलाई लक्षित गर्दै मुलुकमा उत्पन्न समस्यालाई यही व्यवस्थाभित्र रहेर समाधान गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.