राजसंस्था पुनःस्थापनाको सपना नदेख्न कांग्रेसको आग्रह

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १४:४८

काठमाडौं । नेपाली कांग्रेसले राजसंस्था पुन:स्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुन:स्थापनाका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।

नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ । ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,’ प्रमुख सचेतक घिमिरेले भने, ‘नेपाली कांग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’

सम्बोधनको क्रममा उनले नेपालको राजतन्त्रमा संवैधानिक भइ बस्ने स्वभाव नै नभएको बताए । ‘राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारियो,’ घिमिरेले भनेका छन्, ‘यसको लागि नेपालको राजतन्त्र आफैं दोषी छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.