मोरङका सीमा क्षेत्रको संयुक्त अनुगमन

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार २०:१७

विराटनगर । मोरङका सिमावर्ती क्षेत्रको शुक्रबार संयुक्त अनुगमन गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको हो ।

प्रजिअ यादवले मोरङका पूर्वी नाका तथा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको जानकारी दिए । संयुक्त टोलीले बरडंगा, डोरिया, मिर्चाडाङी, कुटुम्गन्ज र सिक्टीलगायतका स्थानको स्थलगत अनुगमन एवं निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा स्थानीयस्तरको सुरक्षा अवस्था, भौगोलिक अवस्थिति र जनजीवनका बारेमा जानकारी लिइएको थियो । अनुगमनमा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बलका मोरङ प्रमुख एसपी राजेश घिमिरे, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख तिलक प्रसाईंलगायत सहभागी थिए ।

टोलीले सशस्त्र प्रहरीका विभिन्न युनिट र नेपाल प्रहरीका युनिटहरुको भौतिक अवस्था, सीमा स्तम्भहरूको अवस्थाको निरीक्षणसमेत गरेको छ । सीमा क्षेत्रका स्थानीय बासिन्दासँग छलफलसमेत भएको र उनीहरुबाट सुझाव संकलन गरिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार सीमा सुरक्षाको वर्तमान अवस्थाको मूल्यांकन गर्न र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय एवं सहकार्य बढाउन स्थलगत अनुगमन गरिएको हो । सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार, आपराधिक गतिविधि तथा मानव तस्करीलगायतका सीमा अपराध नियन्त्रण गर्न अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सीमामा हुने गतिविधिमाथि निगरानी बढाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन तथा स्थानीयस्तरमा उत्पन्न समस्या समाधान गर्न अनुगमनलाई निरन्तरता दिने योजना रहेको प्रजिअ यादवले बताए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.