
विराटनगर । काठमाडौंको आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार रहेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–९ दूधेमा आज (शनिबार) बिहान दुर्घटनामा परेको छ ।
दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाभन्दा बढी शिक्षकहरु रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको सयपत्री यातायातको बस आफैं अनियन्त्रित भएर बिहान ५ः३० बजेतिर दुर्घटनामा परेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।
घाइतेमध्ये १२ जनाको बिर्तासीटी अस्पताल र ९ जनाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । बस चालक शिवसताक्षी–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनामा परेर घाइते हुनेमा अधिकांश शिक्षक छन् । उनीहरु झापा, इलाम, पाँचथरलगायतका जिल्लाका छन् । केही शिक्षक साथीसँग पूर्व घुम्न पनि आएको प्रहरीले जनाएको छ ।
यी हुन् दुर्घटनामा घाइते हुनेहरु
१, झापाको मेचीनगर नगरपालिका–१ का ५५ वर्षीय टेकचन्द्र फुयाँल ।
२, दोलखाको गौरीशंखर नगरपालिका– ४ का ५२ वर्षीय शान्तिप्रसाद उप्रेती ।
३, इलामको सन्दकपुर गाउँपालिका–५ का ४६ वर्षीय गोपाल खतिवडा ।
४, झापाको मेचीनगर–१४ का ५२ वर्षीय सिकेन्द्र ढकाल ।
५, झापाको अर्जुनधारा नगरपालिका–१० का ४० वर्षीय लोकनाथ ढकाल ।
६, पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का ४५ वर्षीय सीताराम अधिकारी ।
७, कालिकोटको रास्कोट नगरपालिका–४ का ३६ वर्षीय पूर्णनाथ योगी ।
८, झापाको कचनकवल गाउँपालिका–३ का २)० वर्षीय श्याम तामाङ ।
९, झापाको मेचीनगर–१ का ३९ वर्षीय अनिल विक ।
१०, झापाको भद्रपुर नगरपालिका–५ का ३७ वर्षीय भोला पन्थी ।
११, इलामको फाकफोकथुम गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष आचार्य ।
१२, झापाको बिर्तामोड नगरपालिका–६ का ४३ वर्षीय शान्तिमाया राई ।
१३, झापाको मेचीनगर–९ का ४६ वर्षीय ईश्वरप्रसाद भण्डारी ।
१४, मेचीनगर–९ की ३२ वर्षीय सृजना प्रसाईं ।
१५, मेचीनगर–९ की ५२ वर्षीया सीता मगर ।
१६, मेचीनगर–९ का ५० वर्षीय सीताराम रिमाल ।
१७, मेचीनगर–४ का ५५ वर्षीय मीनबहादुर पौडेल ।
१८, मेचीनगर–८ का ४२ वर्षीय पदमप्रसाद पौडेल ।
१९, झापाको कनकाई नगरपालिका–३ का २४ वर्षीय राजन चिमरिया ।
२०, पाँचथरका २८ वर्षीय दीपक सुब्बा ।
२१, रौतहट राजपुतका २५ वर्षीय विक्रमकुमार दास ।


























