
काठमाडौं । संसद्मा बोलिने गलत विषयमा तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदलाई निर्देशन दिएका छन् ।
शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा ओलीले गलत कुरालाई तत्कालै प्रतिवदान गर्न निर्देशन दिएका हुन् । ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिन पनि निर्देशन दिए ।
‘राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ,’ अध्यक्ष ओलीले भने,‘राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ ।’
























