
काठमाडौं । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ ।
देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी महसुस हुन थालेको छ ।
कोशी, मधेश, बागमतीलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज (आइतबार) बिहान आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । हाल गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका १–२ स्थानमा दिउँसो र राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । जसका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ ।

























