नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा, कोशीमा कहाँ–कहाँ भए परिवर्तन ?

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार १९:०८

विराटनगर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६३ जना एसपी (प्रहरी उपरीक्षक)को आज (सोमबार) सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरुको सरुवा भएको हो । सरुवा हुनेहरुले वैशाख महिनादेखिको तलब भत्ता दरबन्दी कायम भएकै स्थानबाट पाउने छन् ।

एसपीहरुको सरुवा हुँदा कोशी प्रदेशमा पनि विभिन्न जिल्ला र युनिटका प्रहरी प्रमुख परिवर्तन भएका छन् । यसअघि नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी दरबन्दी भएका एसपी नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय मोरङमा दरबन्दी कायम भएको छ ।

यद्यपि, उनको ६ महिनाअघि अर्थात् कात्तिक पहिलो साता नै मोरङमा काज सरुवा भएको थियो । अहिले एसपीहरुको सरुवा हुँदा मोरङ नै दरबन्दी कायम भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखका रूपमा एसपी राजन लिम्बूको सरुवा भएको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसी सरुवामा परेपछि उनको ठाउँमा लिम्बूको दरबन्दी कायम भएको हो ।

रमेश तण्डुकारको कोशी प्रदेश प्रहरी गण विराटनगर सरुवा भएको छ । एसपी प्रदीपबहादुर क्षेत्रीका ठाउँमा तण्डुकारको सरुवा भएको हो ।

एसपी वासुदेव खतिवडाको नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीमा दरबन्दी कायम भएको छ । यसअघि नारायणप्रसाद चिमरियाको मोरङ काज भएपछि उनका ठाउँमा खतिवडालाई खटाइएको थियो ।

एसपी शरतकुमार थापा क्षेत्रीको जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा भएको छ । श्यामसिंह चौधरीको ठाउँमा क्षेत्रीको दरबन्दी कायम भएको हो ।

यी हुन् सरुवामा परेका एसपीहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.