जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा भोलि

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार ०८:०८

काठमाडौं । डा‍.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीचकाे एकता भोलि घोषणा हुने भएको छ । वैशाख १७ गते दुवै पार्टीको बिचमा एकता घोषणा हुने भएको हो ।

एकतापछि बन्ने नयाँ पार्टी दर्ताका लागि वैशाख १९ गते निर्वाचन आयोग जाने दुई दलको तयारी छ ।

एकताको विषयलाई लिएर सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो । सो बैठकले जनमत पार्टीसँगको एकताको निर्णयलाई औपचारिकता दिएको सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए ।

एकताको विषयमा औपचारिक निर्णय गर्नका लागि जनमत पार्टीको बैठक आज बस्दैछ ।

एकता घोषणा भएकै दिन प्रज्ञा भवनमा एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसी निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने बताइएको छ । नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति र ५१ सदस्यीय पदाधिकारी राख्ने सहमति छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.