
विराटनगर । विराटनगर –९ स्थित विराट क्याम्पस (सोम्स) ले विभिन्न तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
एसीसीए पहिलो तहको अप्रिल महिनामा भएको बोर्ड परीक्षामा सोम्स कलेजका सम्पन्न श्रेष्ठले ९४ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट भएका थिए ।
त्यसैगरी, कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई समेत सम्मान गरिएको कलेजका सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले जानकारी दिए ।
सम्मान कार्यक्रममा कक्षा ११ का आसिक यादव, कक्षा –१२ की काजल झा र एसीसीएका सम्पन्न श्रेष्ठले विराट क्याम्पसको फरक शिक्षण विधि र उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नै आफूहरूको रिजल्टमा राम्रो अंक ल्याउन सफल भएको बताए ।

























