कोशी प्रदेश लगानी सम्मेलन : ४६ वटा परियोजनामा सम्झौता, १ खर्ब ५२ अर्बको प्रतिबद्धता

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १७:४४

विराटनगर । कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा लगानीकर्ताले ४६ वटा परियोजना छनोट गर्दै लगानीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

विराटनगरमा २ दिन चलेको कोशी प्रदेश लगानी सम्मेलनको अन्तिम दिन शुक्रबार समापन कार्यक्रममा ४६ वटा परियोजनामा लगानीकर्तासँग सम्झौता गर्दै हस्ताक्षर भएको हो । यी परियोजना १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरका छन् ।

कोशी प्रदेश लगानी प्राधिकरणका सीइओ सरोज कोइरालाका अनुसार सम्मेलनमा कोदोको रक्सी उत्पादन गर्ने उद्योगदेखि कृषि र पर्यटनका क्षेत्रमा बढी लगानीकर्ता आकर्षित भएका छन् ।

सम्मेलनमा ऊर्जा र प्रविधिका क्षेत्रमा समेत लगानी गर्ने गरिको सम्झौता भएको उनले जानकारी दिए । यो कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उद्घाटन गरेको सम्मेलनमा प्रदेश सरकारले ७१ वटा परियोजना सोकेसिंगका लागि राखेको थियो ।
यस्ता छन् लगानीकर्ताले रुचाएका लगानीका क्षेत्र :

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.