सैनिक जवानले गरे श्रीमतीको हत्या

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार ०८:१८

काठमाडौं । सैनिक जवानले गरे श्रीमतीको हत्या गरेका छन् । सुर्खेतको भेरीगंगामा प्रेमा वलीको हत्या उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्रीले गरेका हुन् ।

प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । अनुसन्धानका क्रममा उनकै श्रीमान २९ वर्षीय दर्शन खत्रीले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । मृत भेटिएकी उनकाे पहिचान बेलुका मात्रै भएकाे थियाे । ‘प्रारम्भिक अनुसन्धान पछि उनका श्रीमानले नै हत्या गरेको प्रहरीको आशङ्का थियो’, उनले भने, ‘पछि केरकार गर्दा आफैंले हत्या गरेको बयान दिए ।’

उनले परपुरुषसँगको सम्बन्धको आशंकामा श्रीमतीको हत्या गरेका हुन् । गुर्भाकोट नगरपालिका–५, का दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी छन् । दर्शन नेपाली सेनाको वीरदल गणमा कार्यरत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.