गाँजासहित भेडेटारमा १ जना पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १५:१२
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारबाट आज (शुक्रबार) बिहान १० किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारका इन्जार्ज प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलिले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

धनकुटा हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नम्बरको माईक्रो जाँच्ने क्रममा पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट गाँजा बरामद गरिएको जनाइएको छ ।

जाँच गर्दा उक्त झोलाभित्र बोरामा प्याक गरी राखेको १० केजी लागुऔषध गाँजा फेला परेकोले जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

प्रारम्भिक अनुसन्धानका आधारमा सोही माइक्रो गाडीमा सवार सहिदभूमि गाउँपालिका–५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.