प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ २४, शनिबार १६:१९

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । आज (शनिबार) आयोजित कार्यक्रममा उनले अस्पतालको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको कुनै सहयोग बिना असल व्यक्तिको अगुवाई र सामुदायिक प्रयासमा सुविधासम्पन्न अस्पताल बन्नु उत्साहजनक भएको बताए ।

अस्पतालले विपन्न र कमजोर अवस्था भएका समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास पनि उनले व्यक्त गरे ।

काम भनेको जागिर मात्र होइन भन्दै ओलीले उद्यमशीलतालाई जोड दिनुपर्ने बताए । युवालाई उद्यमशील बन्न प्रेरित गरे समृद्धि हासिल गर्न कठिन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावना बमोजिम अस्पताल स्थापना गरिएको समाजले जनाएको छ ।

प्रधानमन्त्री ओली उक्त अस्पताल पुग्दा अस्पताल परिसरमा आयोजित कार्यक्रममा पुग्दा संस्थाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल लगायतले स्वागत गरेका थिए ।

अध्यक्ष मण्डलले विपन्न वर्गलाई सहुलियतपूर्ण उपचारका लागि अस्पतालको स्थापना गरिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×