जलमार्ग बन्यो ‘गाँजा मार्ग’

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ २५, आइतबार १२:४९

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ बाट जेठ १५ गते प्रहरीले २ जना महिलालाई १ हजार १४३ किलो २७५ ग्राम गाँजासहित पक्राउ गर्यो । पक्राउ परेका रत्नमाया श्रेष्ठ र कमला श्रेष्ठको घरमा कोठामा लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा जाँचको क्रममा पिकअप गाडीबाट ८९० किलो गाँजा बरामद गरिएको थियो। गाँजासहित गाडीका चालक उल्लास लिम्बू पक्राउ परे ।

Advertisement

जेठ ९ गते धनकुटाको सहिदभूमि गाउँपालिका–७ की लक्ष्मी राईको साथबाट २६ र उदयपुर त्रियुगा–९ की शिवमाया लुङ्गेलीको साथबाट ४१ किलो गाँजा प्रहरीले बरामद गरको थियो ।

यी केही उदाहरण मात्र हुन् । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध गाँजाको तस्करी अनियन्त्रित जस्तै बनेको छ । प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाइरहे पनि दिनहुँ गाँजा ओसारपसार हुने क्रम रोकिएको छैन ।

प्रदेशभरबाट दिनहुँजसो गाँजा बरामद हुने, गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दो छ । तर, तस्करीको शैली र मार्ग फेरिंदै जाँदा नियन्त्रणको उपाय पनि जटिल बन्दै गएको छ ।

नदी–खोला हुँदै तस्करी

प्रहरी चेकपोष्ट र निगरानीबाट बच्नका लागि तस्करहरूले खोला–नदी प्रयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ । प्रहरीका अनुसार खोला किनार र नदी आसपास निगरानी कम हुने भएकाले तस्करहरू राति सक्रिय हुने गर्छन् ।

जेठ १४ गते सुनवर्सी नगरपालिका–७ बक्राहा खोलाको किनारबाट २३० किलो गाँजा फेला परेको थियो । जेठ १६ गते सप्तकोशी नदीमा गाडीको ट्युबमा बाँधेर ल्याइएको २ सय किलोभन्दा बढी गाँजा बरामद गरिएको थियो भने गत भदौ २७ गते सप्तकोशी हुँदै ल्याइएको ८ बोरा गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्ता घटनामा प्रयोग हुने प्रविधि जटिल हुँदै जाँदा मुख्य संलग्न व्यक्ति पक्राउ गर्न सुरक्षा निकायलाई कठिनाइ भइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन् ।

कुन जिल्लाबाट कति बरामद ?

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा धेरै गाँजा सुनसरीबाट बरामद गरिएको छ । सुनसरीबाट ९ हजार ३४३ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

यस्तै, मोरङ दोस्रो स्थानमा छ । मोरङबाट २ हजार २८५ किलोभन्दा बढी गाँजा बरामद भएको छ । झापाबाट करिब १६४८ किलो गाँजा बरामद भएको प्रहरीको तथ्यांक छ ।

धनकुटाबाट ३ हजार १४४ किलो बरामद भएको छ भने उदयपुरबाट २०७ किलो गाँजा बरामद भएको छ । इलामबाट ८१६ किलो, भोजपुरबाट १६ किलो, संखुवासभाबाट ३ र खोटाङबाट १ किलो गाँजा बरामद भएको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बु यस्तो घटना सार्वजनिक भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गाँजाको मूल स्रोत पहाडी जिल्ला भए पनि भारतसँग सीमा जोडिएको हुनाले तराई क्षेत्रबाट अधिक गाँजा बरामद हुन्छ ।

गाँजा प्रतिकिलो १० देखि १५ हजार रुपैयाँ पर्ने भएकाले यो भारततर्फ तस्करी हुने गरेको अनुसन्धानले देखाएको छ । डीएसपी खतिवडाका अुनसार लागुऔषध नियन्त्रणमा कठोर भएर अगाडि बढ्न सुनसरी जिल्ला मातहतका युनिटका इन्चार्जहरुलाई समेत भनिएको छ ।

भारतमा बस्छन् लगानीकर्ता

गाँजा कारोबारमा संलग्न अधिकांश लगानीकर्ता भारतमा बस्ने र उनीहरू प्रत्यक्ष संलग्न नहुने भएकाले मुख्य नाइके समात्न कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘पक्राउ पर्ने अधिकांश भरियाहरू हुन्छन्’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘मुख्य लगानीकर्ता भने समातिन गाह्रो छ ।’

प्रदेशका १४ जिल्लामध्ये पाँचथर, तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बु जिल्लाबाट भने हालसम्म गाँजा बरामद भएको तथ्यांक प्रहरीसँग छैन् ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.