सौन्दर्य व्यवसायका चुनौती : ‘तालिम र प्रमाणीकरणमा सरकारको ध्यान छैन’ (भिडियाेसहित)

Share this
737shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार ११, बुधबार १९:३९

विराटनगर । ‘ब्युटी पार्लरलाई केवल लिपिस्टिक लगाउने, कपाल काट्ने काम मात्रै ठान्ने सोच बदलिनुपर्छ,’ यो भनाइ हो, विराटनगरकी अनुभवी सौन्दर्यकर्मी तथा प्रशिक्षक सायदा तबस्सुमको।

दुई दशकभन्दा बढी समयदेखि ब्युटी व्यवसायमा सक्रिय तबस्सुमले अहिलेसम्म सयौं महिलालाई सौन्दर्य सेवा सम्बन्धी तालिम दिइसकेकी छन्। उनी भन्छिन्, ‘यो व्यवसाय स्वरोजगारको अब्बल माध्यम हो । तर, सरकार र समाजको बुझाइ अझै सतही छ।’

Advertisement

विराटनगरमै पार्लर सञ्चालन गर्दै आएकी तबस्सुमले ब्युटी पार्लर खोल्नुपर्ने प्रक्रियाबारे स्पष्ट धारणा राखेकी छन् । उनका अनुसार व्यवसायको दर्ता घरेलु तथा साना उद्योग कार्यालयमार्फत गर्नुपर्ने प्रावधान भए पनि धेरैजसोले कानुनी मापदण्डको पालना गर्दैनन्। यसले व्यवसायको गुणस्तरमा असर पर्छ भने सेवा लिने ग्राहकको सुरक्षामा पनि प्रश्न उठ्छ।

उनी भन्छिन्, ‘सरकारी निकाय स्वयं निडरताका साथ निगरानी नगरेसम्म अव्यवस्थित व्यवसाय मौलाइरहन्छ।’ सौन्दर्य सेवा दिने पेसामा महिलाको शरीरको संवेदनशील भागमा काम हुने भएकाले गोपनीयता र शुद्धता अत्यन्त महत्त्वपूर्ण रहेको उनको जोड छ। ‘यो व्यवसाय स्वास्थ्यसँग पनि जोडिएको हो,’ उनी भन्छिन्, ‘मात्र लुक्सको कुरा होइन । छालासम्बन्धी समस्याको उपचार पनि यही पेसामार्फत हुने भएकाले अत्यन्तै जिम्मेवार हुनु पर्छ।’

सायदा तबस्सुमको अनुभवमा छालाको उपचार खर्चिलो हुने भएकाले यसको सेवा स्वास्थ्य बिमासँग जोडिनु अपरिहार्य छ। ‘ब्युटी पार्लर बिमाको दायरामा पर्यो भने ग्राहकले राहत पाउँछन्,’ उनी भन्छिन्, ‘ब्युटीसियनले पनि सेवाप्रदायकको हैसियतमा बिमा सुरक्षा पाउनु पर्छ।’

उनी हालको तालिम प्रणालीप्रति पनि सन्तुष्ट छैनन्। नेपालमा अहिले अधिकांश व्यावसायिक ब्युटीसियन बन्न ३ देखि ६ महिनाको तालिम लिइन्छ। तर, तबस्सुमका अनुसार यो अवधि पर्याप्त छैन। ‘सौन्दर्य सेवा एक प्रकारको क्लिनिकल अभ्यास हो,’ उनी भन्छिन्, ‘यो प्रविधिसँगै निरन्तर अपडेट हुनुपर्ने पेसा हो । जसका लागि वर्षौंको अनुभव र अध्ययन चाहिन्छ।’

अहिले स्थानीय तहहरूले विभिन्न बेरोजगार लक्षित सिपमूलक तालिम सञ्चालन गर्ने गरे पनि त्यसमा सौन्दर्यकर्मीका लागि पर्याप्त ध्यान नदिइएको उनी ठान्छिन्। ‘पार्लर तालिम भनेर मेहन्दी र फेसियल मात्रै सिकाउने कार्यक्रम हुन्छ,’ उनी भन्छिन्, ‘तर, वास्तविक बजारमा माग हुने स्किन थेरापी, हेयर ट्रीटमेन्ट, मेसिन प्रयोग, कस्टमर हाइजिनका तालिमको अभाव छ।’

सायदा तबस्सुमजस्ता अनुभवी व्यक्तिले राज्यसँग ३ मुख्य माग राख्छन् —

पहिलो, कानुनी दर्ता र अनुगमनको प्रणाली कडाइका साथ लागू होस्।

दोस्रो, तालिमका मापदण्ड तय गरी प्रशिक्षक र केन्द्रहरूको गुणस्तर सुनिश्चित गरियोस्।

तेस्रो, ब्युटी पार्लर र ग्राहक दुवैका लागि बिमा नीति ल्याइयोस्।

सायदाको अनुभव सुन्दा बुझिन्छ— यो पेसा केवल मेकअपको होइन, महिलाको आत्मबल, आत्मनिर्भरता र स्वास्थ्यमाथिको अधिकारसँग पनि जोडिएको छ। तर, जबसम्म राज्यले यस पेसालाई नीति, तालिम, प्रमाणीकरण र बिमाको संरचनामा नराखी ‘फेन्सी पेसा’का रूपमा हेर्दै रहन्छ । तबसम्म सयदाहरूको आवाज थोरै मात्रै सुन्ने कान रहनेछन्।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×