सौन्दर्य व्यवसायका चुनौती : ‘तालिम र प्रमाणीकरणमा सरकारको ध्यान छैन’ (भिडियाेसहित)

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार ११, बुधबार १९:३९

विराटनगर । ‘ब्युटी पार्लरलाई केवल लिपिस्टिक लगाउने, कपाल काट्ने काम मात्रै ठान्ने सोच बदलिनुपर्छ,’ यो भनाइ हो, विराटनगरकी अनुभवी सौन्दर्यकर्मी तथा प्रशिक्षक सायदा तबस्सुमको।

दुई दशकभन्दा बढी समयदेखि ब्युटी व्यवसायमा सक्रिय तबस्सुमले अहिलेसम्म सयौं महिलालाई सौन्दर्य सेवा सम्बन्धी तालिम दिइसकेकी छन्। उनी भन्छिन्, ‘यो व्यवसाय स्वरोजगारको अब्बल माध्यम हो । तर, सरकार र समाजको बुझाइ अझै सतही छ।’

Advertisement

विराटनगरमै पार्लर सञ्चालन गर्दै आएकी तबस्सुमले ब्युटी पार्लर खोल्नुपर्ने प्रक्रियाबारे स्पष्ट धारणा राखेकी छन् । उनका अनुसार व्यवसायको दर्ता घरेलु तथा साना उद्योग कार्यालयमार्फत गर्नुपर्ने प्रावधान भए पनि धेरैजसोले कानुनी मापदण्डको पालना गर्दैनन्। यसले व्यवसायको गुणस्तरमा असर पर्छ भने सेवा लिने ग्राहकको सुरक्षामा पनि प्रश्न उठ्छ।

उनी भन्छिन्, ‘सरकारी निकाय स्वयं निडरताका साथ निगरानी नगरेसम्म अव्यवस्थित व्यवसाय मौलाइरहन्छ।’ सौन्दर्य सेवा दिने पेसामा महिलाको शरीरको संवेदनशील भागमा काम हुने भएकाले गोपनीयता र शुद्धता अत्यन्त महत्त्वपूर्ण रहेको उनको जोड छ। ‘यो व्यवसाय स्वास्थ्यसँग पनि जोडिएको हो,’ उनी भन्छिन्, ‘मात्र लुक्सको कुरा होइन । छालासम्बन्धी समस्याको उपचार पनि यही पेसामार्फत हुने भएकाले अत्यन्तै जिम्मेवार हुनु पर्छ।’

सायदा तबस्सुमको अनुभवमा छालाको उपचार खर्चिलो हुने भएकाले यसको सेवा स्वास्थ्य बिमासँग जोडिनु अपरिहार्य छ। ‘ब्युटी पार्लर बिमाको दायरामा पर्यो भने ग्राहकले राहत पाउँछन्,’ उनी भन्छिन्, ‘ब्युटीसियनले पनि सेवाप्रदायकको हैसियतमा बिमा सुरक्षा पाउनु पर्छ।’

उनी हालको तालिम प्रणालीप्रति पनि सन्तुष्ट छैनन्। नेपालमा अहिले अधिकांश व्यावसायिक ब्युटीसियन बन्न ३ देखि ६ महिनाको तालिम लिइन्छ। तर, तबस्सुमका अनुसार यो अवधि पर्याप्त छैन। ‘सौन्दर्य सेवा एक प्रकारको क्लिनिकल अभ्यास हो,’ उनी भन्छिन्, ‘यो प्रविधिसँगै निरन्तर अपडेट हुनुपर्ने पेसा हो । जसका लागि वर्षौंको अनुभव र अध्ययन चाहिन्छ।’

अहिले स्थानीय तहहरूले विभिन्न बेरोजगार लक्षित सिपमूलक तालिम सञ्चालन गर्ने गरे पनि त्यसमा सौन्दर्यकर्मीका लागि पर्याप्त ध्यान नदिइएको उनी ठान्छिन्। ‘पार्लर तालिम भनेर मेहन्दी र फेसियल मात्रै सिकाउने कार्यक्रम हुन्छ,’ उनी भन्छिन्, ‘तर, वास्तविक बजारमा माग हुने स्किन थेरापी, हेयर ट्रीटमेन्ट, मेसिन प्रयोग, कस्टमर हाइजिनका तालिमको अभाव छ।’

सायदा तबस्सुमजस्ता अनुभवी व्यक्तिले राज्यसँग ३ मुख्य माग राख्छन् —

पहिलो, कानुनी दर्ता र अनुगमनको प्रणाली कडाइका साथ लागू होस्।

दोस्रो, तालिमका मापदण्ड तय गरी प्रशिक्षक र केन्द्रहरूको गुणस्तर सुनिश्चित गरियोस्।

तेस्रो, ब्युटी पार्लर र ग्राहक दुवैका लागि बिमा नीति ल्याइयोस्।

सायदाको अनुभव सुन्दा बुझिन्छ— यो पेसा केवल मेकअपको होइन, महिलाको आत्मबल, आत्मनिर्भरता र स्वास्थ्यमाथिको अधिकारसँग पनि जोडिएको छ। तर, जबसम्म राज्यले यस पेसालाई नीति, तालिम, प्रमाणीकरण र बिमाको संरचनामा नराखी ‘फेन्सी पेसा’का रूपमा हेर्दै रहन्छ । तबसम्म सयदाहरूको आवाज थोरै मात्रै सुन्ने कान रहनेछन्।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.