होर्मुजबाट ग्यास ट्यांकर भारत आइपुग्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०७:१९

एजेन्सी । पश्चिम एसियामा जारी तनावका बीच करिब २० हजार टन खाना पकाउने ग्यास बोकेको मार्शल टापुको झण्डाबाहक एलपीजी ट्यांकर भारतको गुजरातस्थित कान्डलाको दीनदयाल बन्दरगाहमा सुरक्षित रूपमा आइपुगेको छ ।

यो जहाजले विश्वकै सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमध्य पार गर्दै कठिन र जोखिमपूर्ण यात्रा पूरा गरेको हो । इरान–अमेरिका तनावका कारण यस क्षेत्रबाट हुने इन्धन आपूर्तिमा अवरोधको जोखिम बढिरहेको समयमा जहाजको आगमनलाई भारतका लागि महत्वपूर्ण राहतका रूपमा हेरिएको छ ।

Advertisement

भारतीय आयल कर्पोरेसन (आईओसी)ले कतारको रास लाफान टर्मिनलबाट उक्त ग्यास खरिद गरेको हो । स्रोतका अनुसार युद्ध क्षेत्र हुँदै यात्रा गर्दा जहाजले सुरक्षाका लागि आफ्नो स्वचालित पहिचान प्रणाली (एआईएस) अस्थायी रूपमा बन्द गरेको थियो ।

इरानी नौसेनाको निगरानी र सम्भावित खतराबीच पनि जहाज ओमानको खाडी हुँदै सुरक्षित रूपमा अघि बढेको थियो । जहाजमा रहेका २१ जना विदेशी चालक दलका सदस्य सबै सुरक्षित छन् । मार्चदेखि हालसम्म होर्मुज हुँदै भारत आउने यो १३ औं ट्यांकर हो ।

विभिन्न सञ्चारमध्यमका अनुसार मध्यपूर्वमा तनाव अझ बढेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्छ । अहिले भने आपूर्तिले भारतलाई ग्यास र ऊर्जा सुरक्षामा तत्काल राहत दिएको मानिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.