मित्तल एग्रो उद्योगमा आगलागी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १०:०६

झापा । झापाको मेचीनगर नगरपालिका–१३ कालीरोडस्थित एक एग्रो उद्योगमा आइतबार राति आगलागी भएको छ ।

बिर्तामोड नगरपालिका–३ का दीपेन्द्रकुमार अग्रवालद्वारा सञ्चालित  ‘मित्तल एग्रो प्रालि’ मा आइतबार राति ८ः३० बजेतिर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

उद्योगमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र फ्याक्ट्रीका कामदारहरूको संयुक्त प्रयासमा राति ९ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट चामल तथा मकैको च्याँख्ला बनाउने मेसिन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट करिब ६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। आगलागी कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.