मस्को ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०७:१४

एजेन्सी । मस्को र वरपरको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना रूसमा कार्यरत भारतीय श्रमिक रहेको भारतीय दूतावासले पुष्टि गरेको छ ।

शनिबार राति भएको उक्त आक्रमण युक्रेन युद्ध सुरु भएयताकै मस्कोमा सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ । भारतीय दूतावासका अनुसार मस्को क्षेत्रमा भएको घटनामा एक भारतीय नागरिकको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

Advertisement

दूतावासका अधिकारीहरूले घटनास्थलको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत घाइते कामदारहरूको अवस्थाबारे जानकारी लिएका छन् । रुसी अधिकारीहरूका अनुसार युक्रेनले करिब ६०० ड्रोन प्रयोग गरी मस्कोसहित विभिन्न क्षेत्रहरूमा आक्रमण गरेको थियो ।

मस्कोमा तीन जनाको मृत्यु भएको हो भने बेलगोरोड क्षेत्रमा थप एक जनाको ज्यान गएको छ । यसअघि युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । त्यसपछि युक्रेनले जवाफी कारबाहीको चेतावनी दिएको थियो ।

सन् २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गरेयता जारी युद्धले लाखौँ मानिसको ज्यान लिइसकेको छ । यसलाई दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा घातक युद्ध मानिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.