‘बिमाको नाममा सरकारी अस्पताल कमजोर बनाउने खेल भयो’

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार १८:१०

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरको कोशी अस्पताललाई रेफरल सेन्टर मात्रै बनाएपछि प्रतिनिधिसभा बैठमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले आपत्ती जनाएका हुन् ।

निजी अस्पताललाई पोस्ने गरी प्रथम सेवा बिन्दु र रेफरल सेन्टर दुवै रहेको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धाराशायी बनाउने गरी रेफरल सेन्टर मात्रै तोकिएको उनले बताए ।

सरकारको निर्णयले कोशी र बीपी प्रतिष्ठानमा स्वास्थ्य बिमाका बिरामीले जानुअघि पालिका स्तरका अस्पतालबाट रेफर लिनुपर्नेछ ।

‘धेरै पालिकाहरूसँग त्यो स्तरको अस्पताल छैन, यो निर्णयले कोशी अस्पतालले मात्र दैनिक एक हजार बिरामी गुमाउनुपर्ने अवस्था आउनेछ।’ उनले भने ।

पालिका स्तरको अस्पतालबाट रेफर लिएर निजी अस्पतालमा जाने बढी हुने बताउँदै उनले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्याउने काम नगर्न आग्रह गरे । सांसद मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलीयाहरूको प्रभावमा आएको आरोप समेत लगाए । उनले स्वास्थ्य बिमा बोर्डको निर्णय खारेज गरी पूर्ववत् रूपमा अस्पतालहरूलाई प्रथम सेवा विन्दुको सुविधा दिने वातावरण बनाउन माग गरे ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×