देशभर ७२ प्रतिशत क्षेत्रमा धान रोपाइँ

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार १७:०४

काठमाडौं । देशभर करिब ७२ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको छ । साउन ४ गतेसम्म सात प्रदेशमा ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।

गत वर्ष यही अवधिमा देशभर ८४.६ प्रतिशत धान रोपाइ भएको थियो  ।

कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार मधेश प्रदेशमा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा सुख्खाका कारण रोपाइँ प्रभावित भएको हो ।

मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

लुम्बिनीमा २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनीमा ३ लाख २ हजार ९ सय ३९ हेक्टर खेती योग्य क्षेत्र हो ।

कोशी प्रदेशमा ६१‍।७९ प्रतिशत रोपाइ भएको छ । कोशीको २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको हो ।

बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ ।

बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४ हजार १ सय ८२ हेक्टरमध्ये ७४ हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.