वीरगञ्जमा थपिए हैजा संक्रमित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १३, शुक्रबार २०:१६

काठमाडौं । हैजाको संक्रमण फैलिएको वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ६९७ पुगेको छ ।

पछिल्लो तथ्यांक १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । ती मध्ये ३३ जना आईसीयू र ४ जना एचडीयूमा छन् ।

Advertisement

५०४ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी नारायणी अस्पतालमा १४ जना आईसीयूसहित कूल ८३ जनाको उपचार भईरहेको छ । त्यसैगरी कुल २९ जनाको तराई अस्पतालमा उपचार भइरहेको छ ।

४ आइसीयू र २ एचडीयूमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.