सुनकाे मूल्यमा नयाँ रेकर्ड

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १२, आइतबार ११:५१

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ ।

यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको चाँदीकाे मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.