स्रष्टा समाज कोशी प्रदेश अध्यक्षमा मार्सेली चयन 

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार २०:५३
स्रष्टा समाज कोशी प्रदेश अध्यक्षमा मार्सेली चयन 

विराटनगर । सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा नेपाल स्रष्टा समाज कोशी प्रदेशको पुनर्गठन गरिएको छ । विराटनगरमा सम्पन्न प्रथम साधारणसभाबाट मार्सेलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 

स्रष्टा समाजका केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को प्रमुख आतिथ्यता भएको साधारणसभाले साहित्यकार लक्ष्मी पोखरेललाई सचिव र बाबुराम पोखरेललाई कोषाध्यक्षमा चयन गरेको छ । 

त्यस्तै, कवि हरि कट्टेल, प्रयाग न्यौपाने, मीनकुमार नवोदित, निर्मला कोइराला, पुष्पा सायरा, शारदा भट्टराई, सुजाता राई र निर्मला नेपाल सदस्यमा छानिएका छन् । प्रथम साधारणसभाले पदाधिकारीसहित सबै सदस्यलाई निर्विरोध चयन गरेको हो । 

सोही अवसरमा साहित्यकार गोकुल व्याकुलको ‘जीवन, संघर्ष र मृत्यु’ आत्मसंस्मरण लोकार्पण गरिएको थियो । लोकार्पित आत्मसंस्मरणमाथि अग्रज समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । 

प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, पुस्तकका लेखक गोकुल व्याकुल, अग्रज साहित्यकार विवश पोखरेल, हरिहर भण्डारी, सरला चापागाईं, कवि हरि कट्टेल, स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटालगायतले शुभकामना व्यक्त गरे । 

समाजको पहिलो बैठकले साहित्यकार विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, दिङ्लाली कान्छो, सरला चापागाईं, कविराज न्यौपाने र केशु विरहीलाई सल्लाहकारमा चयन गरेको अध्यक्ष मार्सेलीले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×