सुन पसलमा गोली चल्यो, सञ्चालक घाइते

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १७:१२

काठमाडौं । दाङको लमहीमा गोली चलेको छ। लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

गोली लागेर पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते भएका छन्। घाइते सुनारको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.